एजेन्सी । इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सका भेट्रान मिडफिल्डर क्लाउडियो मार्चिसियोले युभेन्ट्स छाडेका छन् । इटालीका मिडफिल्डर मर्चिसियोले शुक्रबारबाट युभेन्ट्सको २५ बर्षे यात्रा अन्त्य गरेका हुन् ।
युभेन्ट्स र मार्चिसियो क्लबको अनुबन्ध समाप्त गर्न सहमत भएका छन् । युभेन्ट्समा मार्चिसियोको सम्झौता २०२० सम्म रहेको थियो । युभेन्ट्ससंगको सम्झौता समाप्त भएसंगै मार्चिसियो अमेरिकन लिग मेजर सकर लिग क्लब जाने बताईएको छ ।
३२ बर्षीय मार्चिसियो युभेन्ट्सको युथ टोलीबाट सिनियर टिममा आएका खेलाडी हुन् । मार्चिसियोले सिनियर टोलीमा सन् २००६ मा गरेका थिए । जतिबेला युभेन्ट्स सिरी ए फुटबलको बि डिभिजनमा रहेको थियो ।
बल ब्वाई हुँदै खेलाडी बनेका मार्चिसियोले युभेन्ट्सबाट ३८९ खेल खेलेका छन् । जसमा मार्चिसियोले युभेन्ट्सबाट ७ पटक सिरी ए लिग र ४ पटक कोप्पा इटालिया जितेका छन् । उनले युभेन्ट्सबाट ३७ गोल गरेका छन् ।
पछिल्लो समय इन्जुरीको कारण मार्चिसियोले आफ्नो खेलको जादु देखाउन सकेका थिएनन् । सन् २०१६ मा घुडाको इन्जुरीले ६ महिना मैदान बाहिर रहेका मार्चिसियोले गत सिजन २० खेल खेलेका थिए ।
मार्चिसियोले इटालीबाट ५५ खेल खेलेका छन् ।