काठमाडौं । ललित स्मृति यू - १८ फुटबल च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा दुवै टोलीले पाएको मौकामा गोल गर्न नसक्दा बराबरी खेलेका हुन् । यो बराबरीसँगै हिमालयन शेर्पाले पहिलो खेलबाट एक अंक जोड्न सफल भएको छ । यता, पहिलो खेलमा जित निकालेको फ्रेन्ड्सको खातामा ४ अंक भएको छ ।
च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा अहिले रुस्लान थ्रीस्टार र सुदूरपश्चिम क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।