काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा ऐतिहासिक १०० विकेट पुरा गरेका छन् ।
थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा मलेसियाविरुद्ध एक विकेट लिँदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् ।
यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् ।
सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिए ।
सन्दीपले पहिलो ओभरको दोस्रो बलमा भिरनदिप सिंहलाई आउट गरे । अर्को बलमा उनले खिजार हायतलाई आउट गरे । यससँगै सन्दीपले टी-ट्वान्टीमा १ सय १ विकेट पुरा गरेका छन् ।
सन्दीपले करियरको सय विकेट पुरा गर्ने क्रममा नेपालबाट १८ खेलमा ३१ विकेट लिएका छन् ।
सन्दीपले बाँकी विकेट भने विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा लिएका थिए । सन्दीपले ५६ फ्रेन्चाइज क्रिकेटमा ७१ विकेट लिएका छन् ।