एजेन्सी । लामो समय क्रिकेटबाट टाढा रहेका भारतीय टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी छिट्टै मैदान फर्किंदै छन् ।
धोनी भारतको चर्चित लिग इण्डियन प्रिमियर लिग (आईपीएल) बाट मैदान फर्कनेछ ।
चेन्नई सुपर किङ्सका कप्तान धोनी मार्च २ देखि टिमसँग जोडिने छन् । र, आईपीएलमा तहल्का मच्चाउने योजनामा छन् धोनी ।
तर, अहिले धोनीको एक भिडियो भाइरल हुँदै गएको छ । फेसबुक एकाउण्टमा शेयर गरिएको एक भिडियोमा पूर्व कप्तान धोनी क्रिकेट भन्दा फरक रुपमा देखिएको छ ।
धोनी खेती किसानी गर्नेबारे सोचिरहेका छन् । यती मात्र हैन, उनले यस कामको कार्यान्वयन समेत सुरु गरिसकेका छन् ।
३८ वर्षे धोनीले अर्गानिक खेती सुरु गरेका छन् । धोनी आफ्नो गृहनगर राँचीमा खर्बुजा र मेवाको खेती गर्ने तरिका सिकिरहेका छन् । धोनीले आफ्नो सन्यासपछिको जीवन अर्गानिक खेतीमा रमाउने अनुमान गरिएको छ ।
'राँचीमा २० दिनमा खर्बुजा र मेवाको अर्गानिक खेतीको सुरुवात गरिएको छ,' धोनीले आफ्नो भिडियो शेयर गर्दै लेखेका छन्, 'पहिलो पटक भएको कारण निकै उत्साहित छु ।'
दुई मिनेट लामो भिडियोमा धोनीले खेती सुरु गर्नुअघि पुजा गरेको देखिएको छ । धोनीले भिडियोमा धुप बालेर नरिवल फ़ुटाएको देखिएको छ ।
यता क्रिकेटबाट टाढा रहेका धोनीले आईपीएलको तयारी समेत सुरु गरेका छन् । उनले मंगलबार राँचीको झारखण्ड क्रिकेट एसोसियसन रंगशालामा पुरेर केहि घण्टा अभ्यास गरेका थिए ।
सन् २०२० को आईपीएलको उद्घाटन खेल चेन्नई सुपर किङ्स र साविक विजेता मुम्बई इण्डियन्सबीच मार्च २९ मा हुनेछ ।
हेर्नुहोस् भिडियो -