एजेन्सी । युएईले एसीसी वेष्टर्न रिजन टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
ओमानको अल अम्रेट मैदानमा बिहिबार भएको फाइनलमा कुवेतलाई १ सय २० रन ले पराजित गर्दै युएई च्याम्पियन बनेको हो ।
युएईले दिएको २ सय रनको लक्ष्य पछयाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ९७ रन बनाउन सक्यो । उसका कप्तान मोहमेद असलमले सर्वाधिक २३ रन बनाए । यस्तै बिलाल ताहिरले २२ रन बनाउँदा राभिजा संदरुवानले १२ रन बनाए ।
कुवेतलाई सस्तैमा रोक्न युएईका सुल्तान अमेदले ४ विकेट लिए । यस्तै अमेद राजाले २ तथा जुनैद सिद्दिक्वीले १ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । उसको फराकिलो स्कोरमा चिराग सुरीले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तौ वहेद अमेदले अविजित ४५ रन जोड्दा रोहण मुस्ताफा र मुहमद उस्मानले समान २८/२८ रनको योगदान गारे । कुवेतका अफसल असरफले २ विकेट हात पारे ।
उपाधिसँगै युएई एसिया कप छनोटका लागि समेत छनोट भएको छ । उपविजेता बनेको कुवेत पनि एसिया कप छनोटमा पुग्न सफल भएको छ ।