एजेन्सी । म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयन तीन महिना मैदान बाहिर रहने भएका छन् । घुडाको चोटको कारण ब्रुयन तीन महिना मैदानबाहिर रहने भएका हुन् ।
बेल्जियमका प्लेमेकर ब्रुयन अभ्यासको दौरान बुधबार घाइते भएको गोल डटकमले जनाएको छ । जसको कारण ब्रुयन तीन महिना मैदान बाहिर रहने गोल डटकमले जनाएको छ ।
२७ बर्षिय ब्रुयनको घुडाको लिगामेन्ट च्यातिएको बताईएको छ । घाइते भएसंगै ब्रुयनले कम्तिमा ६ खेल गुमाउने छन् । यसअघि ब्रुयन सन् २०१६ मा पनि घुडाको चोटको कारण ९ साता मैदान बाहिर रहेका थिए ।
गत सिजन सिटीले प्रिमियर लिगको उपाधि जित्दा ब्रुयन महत्वपूर्ण खेलाडी रहेका थिए । यस्तै ब्रुयनले गत महिना सम्पन्न विश्वकपमा पनि उत्कृष्ट खेलेका थिए ।