एजेन्सी । निमोनिया भएपछि स्पेनको एक अस्पतालमा भर्ना भएका ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डो 'डिसचार्ज' भएका छन् ।
निमोनिया भएपछि रोनाल्डो गत शुक्रबार स्पेनको इबिजास्थित क्यान मिसेस अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा केहि दिनको उपचारपछि रोनाल्डोलाई अस्पतालले 'डिसचार्ज' गरेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
अस्पतालबाट 'डिसचार्ज' भएपछि दुई पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले अस्पताल, डाक्टर, नर्स र आफ्ना गर्लफ्रेण्ड सेलिनालाई धन्यवाद दिएका छन् ।
विश्व फुटबलको ग्रेटेष्ट प्लेयर ४१ बर्षीय रोनाल्डोको इबिजा आइसल्याण्ड मन पर्ने ठाउ हो । रियल मड्रिडका पुर्व स्टार रोनाल्डो केहि दिन अघि छुट्टी मनाउन इबिजा आइपुगेका थिए ।
बार्सिलोना र इन्टर मिलानका पुर्व खेलाडी रोनाल्डोले सन् २०११ बाट फुटबलबाट सन्यास लिएका थिए । रोनाल्डोले ब्राजिलबाट ६२ गोल गरेका थिए । सन् २००२ को विश्वकपको फाइनलमा जर्मनीलाई हराउदा रोनाल्डोले दुई गोल गरेका थिए ।