एजेन्सी । दक्षिण अफ्रिकाका ओपनर ब्याट्सम्यान टेम्बा बाभुमाले अष्ट्रेलियासँगको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल गुमाउने भएका छन् ।
ह्यामिस्ट्रीङ चोटका कारण टेम्बाले पहिलो खेल गुमाउने भएका हुन् । इंग्ल्यान्डसँगको टी-ट्वान्टी सिरिजको दौरान चोट बोकेका टेम्बाले कम्तिमा १० दिन आराम गर्नु पर्नेछ ।
तर, टेम्बा अझै दक्षिण अफ्रिकी टिममा रहेका छन् । उनको स्थानमा अन्य खेलाडी ल्याएको छैन ।
दक्षिण अफ्रिकाले घरेलु मैदानमा शुक्रबार अष्ट्रेलियासँग पहिलो खेल खेल्नेछ ।
दुई टोलीबीच तीन खेलको सिरिज हुनेछ ।