काठमाडौं । एनसेल 'ए' र सिभिल बैंक छैटौं संस्करणको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा एनसेल 'ए' ले साविक विजेता सेन्चुरी बैंकलाई ९ रनले पराजित गर्यो ।
एनसेल 'ए' ले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा सेन्चुरीले ६५ रन मात्र बनाउन सक्यो। खेलमा प्लेयर अफ द म्याच चुनिएका एनसेल 'ए' का समाज पौडेलले ३६ रन बनाए ।
दोस्रो क्वाटरफाइनलमा कामना सेवा विकास बैंकले एनआईसी एसिया बैंकलाई ३७ रनले पराजित गर्यो। कामनाले दिएको ८८ रनको लक्ष्य पछ्याउने क्रममा एनआईसी एसिया बैंकले ५० रन मात्र बनाउन सक्यो। खेलमा प्लेयर अफ द म्याच चुनिएका हेमन्त श्रीवास्तवले ३२ रन बनाउनुको साथै १ विकेट लिए।
यस्तै सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले पराजित गर्यो। मेगा बैंकले दिएको ५३ रनको लक्ष्य सिभिल बैंकले २ विकेट गुमाएर ४.१ ओभरमा पुरा गर्यो। सिभिलको लागि प्लेयर अफ द म्याच चुनिएका अभय रानाले ३२ रन बनाउनुको साथै १ विकेट समेत लिए।
अन्तिम क्वाटरफाइनलमा इन्डियन एम्बेसीले प्राइम कमर्सियल बैंकलाई ३ विकेटले पराजित गर्यो। प्राइमले दिएको ४२ रनको लक्ष्य इन्डियन एम्ब्यासीले ४.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच इन्डियन एम्ब्यासीका राजेश चौधरी चुनिए जसले १२ रन बनाउनु
अब पहिलो सेमिफाइनलमा एनसेल 'ए' र एम्बेसी अफ इन्डिया तथा दोस्रो सेमिफाइनलमा कामना सेवा विकास बैंक र सिभिल बैंकले प्रतिस्पर्धा गर्नेछन् ।