एजेन्सी । न्युजिल्याण्डको टेष्ट टिममा बलर ट्रेन्ड बोल्टले पुनरागमन गरेका छन् ।
भारतसँगको दुई टेष्ट सिरिजका लागि न्युजिल्याण्डले घोषणा गरेको टिममा बोल्ट परेका छन् । बक्सिङ डेको दिन अष्ट्रेलियासँगको टेष्टको दौरान चोट बोकेपछि बोल्ट टिम बाहिर रहदै आएका थिए ।
न्युजिल्याण्डले फेब्रुवरी २१ बाट घरेलु मैदानमा भारतसँग पहिलो टेष्ट खेल्नेछ ।
यस्तै न्युजिल्याण्डको टिममा अजिज पटेलले पनि स्थान बनाएका छन् । केली जेमिसनले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् । उनले यसै महिना एकदिवसीयमा डेब्यु गरेका थिए ।
न्युजिल्याण्ड टिम -
केन विलियम्स, टम लाथम, टम ब्लुनडेल, रोस टेलर,हेन्री निकोलस, बीजे वाट्लिङ, कोलिन डी ग्रान्डहोम, टिम साउथी, निल वाग्नर, ट्रेन्ड बोल्ट, अजिज पटेल, केली जेमिसन, मिचेल