काठमाडौं । सेन्चुरी बैंक र एनआईसी एसिया बैंक छैटौं संस्करणको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार साविक विजेता सेन्चुरीले नेपाल टेलिकमलाई ४ विकेटले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्यो । नेपाल टेलिकमले दिएको ६१ रनको लक्ष्य सेन्चुरी बैंकले ५ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सेन्चुरी बैंकका सुरज तिमिल्सिनाले ३२ रन बनाए।
यस्तै एनआईसी एसिया बैंकले आईसीएफसी फाइनान्सलाई ३ विकेटले पराजित गर्यो। आईसीएफसीले दिएको ५८ रनको लक्ष्य एनआईसी एसिया बैंकले ४ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका एनआईसी एसिया बैंकका अनिल ढकालले २१ रन बनाए।
एनसेल 'ए' ले कुमारी बैंकलाई ४३ रनले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । एनसेल 'ए' ले दिएको ७७ रनको लक्ष्य पछ्याउने क्रममा कुमारी बैंकले ३३ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका एनसेल 'ए' का सबिन्द्र जोशीले २६ रन बनाए।
कामना सेवा विकास बैंकले ग्लोबल आईएमई बैंकलाई ३६ रनले पराजित गरेर क्वाटरफाइनलमा स्थान पक्का गर्यो। कामनाले दिएको ९४ रनको लक्ष्य पछ्याउने क्रममा ग्लोबल आईएमईले ५७ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका कामना सेवा विकास बैंकका समिर क्षेत्रीले ३२ रन बनाए।
अर्को खेलमा कामना सेवा विकास बैंकले कुमारी बैंकलाई २९ रनले पराजित गर्यो। कामनाले दिएको ६९ रनको लक्ष्य पछ्याउने क्रममा कुमारीले ३९ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तवले २८ रन बनाउनुको साथै १ विकेट समेत लिए।
यस्तै मेगा बैंक, इन्डियन एम्बेसी, सनराइज बैंक र प्राइम कमर्सियल बैंकले प्रि- क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
मेगा बैंकले इन्डियन एम्बासीलाई १० रनले पराजित गर्यो। मेगाले दिएको ८३ रनको लक्ष्य पछ्याउने क्रममा इन्डियन एम्बासीले ७२ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका मेगा बैंकका विजय गौतमले ३१ रन बनाए।
अर्को खेलमा मेगा बैंकले सिप्रदीलाई १८ रनले पराजित गर्यो। मेगाले दिएको ७७ रनको लक्ष्य पछ्याउने क्रममा सिप्रदीले ५८ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका मेगा बैंकका आशिष श्रेष्ठले २१ रन बनाउनुको साथै १ विकेट समेत लिए।
प्राइम कमर्सियल बैंकले नेपाल लाइफ इन्सुरेन्सलाई १८ रनले पराजित गर्यो। प्राइमले दिएको ८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल लाइफले ६३ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका प्राइम कमर्सियल बैंकका क्रितार्थ शाक्यले २७ रन बनाउनुको साथै २ विकट समेत लिए।
माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ५ विकेटले पराजित गर्यो। सनराइजले दिएको ४७ रनको लक्ष्य माछापुच्छ्रेले २ विकेट गुमाएर पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका माछापुच्छ्रे बैंकका बिबभ राज जोशीले १७ रन बनाए।
यस्तै इन्डियन एम्बासीले सिप्रदीलाई ५ विकेटले पराजित गर्यो। सिप्रदीले दिएको ५४ रनको लक्ष्य इन्डियन एम्बासीले १ विकेट गुमाएर ३.२ ओभरमा पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका इन्डियन एम्बासीका राजेश चौधरीले २६ रन बनाए।
प्रतियोगितामा २३ कर्पोरेट टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष २ टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउने छन् ।