काठमाडौं । सिभिल बैंकले छैटौं संस्करणको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज क्रिकेटमा दोहोरो जित निकालेका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार पहिलो खेलमा सिभिल बैंकले प्राइम कमर्सियल बैंकलाई ११ रनले पराजित गर्यो ।
सिभिलले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा प्राइमले ५१ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका सिभिल बैंकका रजिभ श्रेष्ठले २५ रन बनाउनुको साथै १ विकेट समेत लिए।
दोस्रो खेलमा सिभिलले नेपाल लाइफ इन्सुरेन्सलाई ५२ रनले पराजित गर्यो । सिभिल बैंकले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल लाइफ इन्सुरेन्सले ४२ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सिभिलका भोला बहादुर बिस्टले ३१ रन बनाउनुको साथै २ विकेट समेत लिए।
यस्तै सुबिसुले नबिल बैंकलाई १ रनले पराजित गर्यो । सुबिसुले दिएको ६१ रनको लक्ष्य पछ्याउने क्रममा नबिलले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सुबिसुका दमन चन्दले अन्तिम ओभरमा उत्कृस्ट बलिङ गर्दै टिमलाई जित दिलाए।
माछापुच्छ्रे बैंकले सुर्य नेपाललाई ५ रनले पराजित गर्यो । माछापुच्छ्रेले दिएको ६० रनको लक्ष्य पछ्याउने क्रममा सुर्य नेपालले निर्धारित ५ ओभरमा ५४ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच माछापुच्छ्रे बैंकमा बिबभ राज जोशी चुनिए जसले १८ रन बनाए।
त्यस्तै एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकलाई ९ रनले पराजित गर्यो। एनआईसी एसियाले दिएको ७३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल राष्ट्र बैंकले ६३ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका माछापुच्छ्रे बैंकका रामनाथ गोस्वामीले ३ विकेट लिनुको साथै १७ रन समेत बनाए।
कामना सेवा विकास बैंकले द काठमाडौँ पोस्टलाई ३७ रनले पराजित गर्यो। कामनाले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ पोस्टले ६४ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तवले ४६ रन बनाउनुको साथै १ विकेट समेत लिए।
नबिल बैंकले सुबिसुलाई ५ विकेटले पराजित गर्यो। सुबिसुले दिएको ६३ रनको लक्ष्य नबिलले १ विकेट गुमाएर ४.३ ओभरमा पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका नबिल बैंकका अमित पोखरेलले २९ रन बनाए।
नेपाल टेलिकमले एनसेल 'बी' लाई १८ रनले पराजित गर्यो। नेपाल टेलिकमले दिएको ६२ रनको लक्ष्य पछ्याउने क्रममा एनसेल 'बि' ले ४३ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका नेपाल टेलिकमका प्रविन नेपालीले २ विकेट लिए।
सेन्चुरी बैंकले एनआईसी एसिया बैंकलाई ६ विकेटले पराजित गर्यो। एनआईसी एसिया बैंकले दिएको ६३ रनको लक्ष्य सेन्चुरीले विकेट नगुमाई पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सुरज तिमिल्सिनाले ३३ रन बनाउनुको साथै २ विकेट लिए।
अन्तिम खेलमा कुमारी बैंकले द काठमाडौँ पोस्टलाई ५ विकेटले पराजित गर्यो। द काठमाडौँ पोस्टले दिएको ४९ रनको लक्ष्य कुमारीले १ विकेट गुमाएर पुरा गय्रो। खेलको प्लेयर अफ द म्याच चुनिएका सर्भाग्य थापाले २ विकेट लिए।
प्रतियोगितामा २३ कर्पोरेट टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष २ टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउने छन् ।