काठमाडौं । आईसीएफसी फाइनान्स र एनसेल 'ए' ले छैटौं संस्करणको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज क्रिकेटमा दोहोरो जित निकालेका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार आईसीएफसी फाइनान्सले पहिलो खेलमा एनसेल 'बी' लाई ११ रनले पराजित गर्यो । आईसीएफसीले दिएको ८२ रनको लक्ष्य पछ्याउने क्रममा एनसेल 'बी' ले ७० रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ दि म्याच चुनिएका आईसीएफसीका रिमेश रेग्म्मीले ३६ रन बनाए ।
दोस्रो खेलमा आईसीएफसीले नेपाल टेलिकमलाई २५ रनले पराजित गर्यो। आईसीएफसीले दिएको ८१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल टेलिकमले ५५ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ दि म्याच चुनिएका आईसीएफसीका नितेश तिवारीले ३ विकेट हात पारे । दोहोरो जितसँगै समूह एचको आईसीएफसीले २ खेलमा ४ अंक जोडेको छ ।
एनसेल 'ए' ले पनि दुई जित निकाल्यो । एनसेल 'ए' ले पहिलो खेलमा ग्लोबल आईएमई बैंकलाई ५ विकेटले पराजित गर्यो । ग्लोबल आईएमईले दिएको ७७ रनको लक्ष्य एनसेल 'ए' ले १ विकेट गुमाएर पुरा गर्यो। खेलमा प्लेयर अफ दि म्याच चुनिएका एनसेल 'ए' का सौरभ शाहले २८ रन बनाए ।
दोस्रो खेलमा दिनको एनसेल 'ए' ले गुर्खाज फाइनान्सलाई २५ रनले पराजित गर्यो । एनसेलले दिएको ९९ रनको लक्ष्य पछ्याउने क्रममा गुर्खाजले ७३ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ दिम्याच चुनिएका एनसेलका सबिन्द्र जोशीले २२ रन बनाएका थिए । जितसँगै समूह 'ई' एनसेल 'ए' ले ४ अंक जोडेको छ ।
यस्तै साविक विजेता सेन्चुरीले नेपाल राष्ट्र बैंकलाई ६ विकेटले पराजित गर्यो । नेपाल राष्ट्र बैंकले दिएको ५२ रनको लक्ष्य सेन्चुरीले विना विकेटको क्षतीमा पुरा गर्यो । सेन्चुरीको जितमा प्लेयर अफ दि म्याच बनेका सुरज तिमिल्सिनाले ३३ रन जोड्दा १ विकेट लिए ।
सनराइज बैंकले सुर्य नेपाललाई ६ विकेटले पराजित गरेको छ । सुर्य नेपालले दिएको ७२ रनको लक्ष्य सनराइजले विकेट नगुमाई पुरा गर्यो। खेलको प्लेयर अफ दि म्याच चुनिएका सनराइजका नितेश भट्टराईले २९ रन बनाएका थिए।
ग्लोबल आईएमई बैंकले गुर्खाज फाइनान्सलाई ६ विकेटले पराजित गर्यो । गुर्खाजले दिएको ६३ रनको लक्ष्य ग्लोबल आईएमईले विना विकेटको क्षतीमा पुरा गर्यो। खेलको प्लेयर अफ दि म्याच चुनिएका ग्लोबल आईएमईका सौरभ श्रेष्ठले २० रन बनाउनुको साथै १ विकेट लिए।
प्रतियोगितामा २३ कर्पोरेट टिमको सहभागिता रहनेछ । सहभागी टोलीलाई ८ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष २ टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्टले यामाहाको एफजेट बाइक पाउने छन् । प्रतियोगिताको पूर्व उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले उद्घाटन गरेका थिए ।