काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्य शक्ति गौचनले संचालन गरेको क्रिकेट एकेडमीलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले आर्थिक सहयोग प्रदान गरेको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा सर्भिसेजले गौचनको स्टार क्रिकेट एकेडमीलाई आर्थिक सहयोग गरेको हो । सर्भिसेजले गौचनको एकेडमीलाई १ लाख ५० हजार नगद सहयोग गरेको हो ।
सर्भिसेजका सिईओ सन्जिब शर्माले शक्तिलाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरे ।
सर्भिसेजले स्थानीय स्तरबाटै क्रिकेट खेलाडीलाई प्रशिक्षण गरिरहेको र नयाँ खेलाडी उत्पादनमा क्रियासिल गरिरहेको स्टार क्रिकेट एकेडमीले भबिष्यमा अझ क्षमतावान र प्रतिभावान खेलाडी उत्पादन गर्नेछ भन्ने विश्वासका साथ आर्थिक सहयोग गरेको बताएको छ ।
भेट्रान क्रिकेटर शक्तिले रुपन्देहीको पर्सरीमा क्रिकेट एकेडमी संचालन गर्दै आइरहेका छन् । उनको एकेडमीबाट धेरै राष्ट्रिय स्तरमा खेलाडी उत्पादन भईसकेको छ । शक्तिले यसै महिनाबाट राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका थिए ।
यस्तै कार्यक्रममा सर्भिसेजले एक खेलकुद पत्रकारलाई समेत पुरस्कृत गर्ने जनाएको छ । सर्भिसेजका सिईओ शर्माले यो बर्षबाट ५० हजार राशीको खेलकुद पुरस्कार प्रदान गर्ने जानकारी गराए ।