काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।
विगत ५ बर्षदेखि नेपाली क्रिकेटको उत्थान र प्रवर्धनमा उल्लेखनीय योगदान गर्दै आएको सर्भिसेजले मंगलबार कप्तान पारसलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।
कप्तान पारसलाई सर्भिसेजले ३ बर्षको लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । सर्भिसेजका सिईओ सन्जिब शर्मा र कप्तान पारसले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ब्राण्ड एम्बेसडरबापतको रकम भने खुलाईएको छैन ।
सर्भिसेजले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएको र घरेलु प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरिरहेको कारण ब्राण्ड एम्बेसडर चयन गरेको जनाएको छ । यस्तै कप्तान पारसले नेदरल्याण्डविरुद्धको ऐतिहासिक एकदिवसीयमा समेत उत्कृष्ट प्रदर्शन गरेको सर्भिसेजले जनाएको छ ।
सर्भिसेजले नेपालको क्रिकेट विकासको लागि पछिल्लो ३ बर्षबाट स्कुल प्रिमियर लिग र कलेज प्रिमियर लिग गर्दै आइरहेको छ ।