एजेन्सी । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन टेलिभजनबाट हेर्न नपाईने भएको छ ।
भारतीय उपमहाद्वीप क्षेत्रको प्रत्यक्ष प्रसारण अधिकार सामाजिक संजाल फेसबुकले किनेपछि ला लिगा टेलिभिजनमा हेर्न नपाइने भएको हो । यसअघि यो क्षेत्रमा ला लिगा सोनी पिक्चर्स नेटवर्कले प्रत्यक्ष प्रसारण गर्दै आएको थियो ।
अब यो क्षेत्रमा ला लिगा अन्तर्गतको ३ सय ८० खेल प्रत्यक्ष प्रसारण हेर्न फेसबुकको सहारा लिनुपर्ने भएको बिबिसीले जनाएको छ । फेसबुकले तीन बर्षको लागि ला लिगासंग फेसबुक लाइभको लागि सम्झौता गरेको छ ।
सम्झौतासंगै नेपालसहित भारत, बंगलादेश, भुटान, अफगानिस्तान,माल्दिभ्स, श्रीलंका र पाकिस्तानमा ला लिगाको लाइभ फेसबुकबाट मात्र आउने छ । फेसबुकले आफ्नो लाइभ स्ट्रिमीङबाट लाइभ गर्नेछ । बिबिसीको अनुसार यो क्षेत्रमा ३ सय ४८ मिलियन फेसबुक प्रयोगकर्ताहरु रहेका छन् ।
फेसबुकसंगको सम्झौता रकमबारे केहि बताईएको छैन । यसअघि सोनीले यो क्षेत्रमा लाइभ देखाउन ३२ मिलियन डलर तिरेको थियो ।