काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ । र, पहिले फिल्डिङ रोजेको छ । अमेरिकाले सुरुवात ब्याटिङ गर्ने भएको छ ।
अमेरिकासँगको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरी टिमबाट बाहिर रहेका छन् । ललित नारायण राजवंशी टिममा अटाएका छन् ।
दुवै टोली जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छन् ।
पहिला खेलमा नेपालसंग अमेरिका ३५ रनले पराजित भएको थियो ।
अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेको छैन । ओमानसंग दुवै खेलमा अमेरिका पराजित भएको थियो ।
यस्तै नेपालले सिरिजका ३ खेल मध्य १ मा जित र २ मा हार ब्यहोरेको छ ।
नेपाल दुवै पटक ओमानसंग पराजित भएको छ ।
पहिलो खेलमा १८ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसंग ८ विकेटले हारेको थियो ।
ओमान भने सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
अमेरिका दोस्रो स्थानमा रहँदा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।
नेपाल प्लेइङ -११
ज्ञानेन्द्र मल्ल (कप्तान), विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल, सन्दीप लामिछाने