काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनीक गरेको नयाँ वरियतामा नेपालमा ३ खेलाडी अटाएका छन् ।
नेदरल्याण्डविरुद्धको दुई म्याचको वान डे सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीले आईसीसीको वरियता प्राप्त गरेका छन् ।
आईसीसीले सार्वजनीक गरेको वरियता अनुसार लेग स्पिनर सन्दीप लामिछाने २ सय १७ औ स्थानमा परेका छन् ।
त्यस्तै नेदरल्याण्डन्सविरुद्धको खेलमा अर्धसतक प्रहार गरेका सोमपाल कामी र ज्ञानेन्द्र मल्ल समेत आईसीसीको वरियतामा अटाएका छन् ।
सोमपाल २ सय २९ औ वरियतामा पर्दा ज्ञानेन्द्र २ सय ३६ औ स्थानमा छन् ।
वान डे क्रिकेटको विश्व वरियतामा इङ्ल्याण्ड शीर्ष स्थानमा छ । इन्डिया दोस्रो र न्युजिल्याण्ड तेस्रो स्थानमा छ ।
साउथ अफ्रिका चौथो स्थानमा रहदाँ पाकिस्तान पाँचौ स्थानमा रहेको छ ।