एजेन्सी । दोस्रो टेष्ट क्रिकेटमा इङ्ल्याण्डले इन्डियालाई पाली र १ सय ५९ रनले हराएको छ । जितसंगै इङ्ल्याण्डले म्याच म्याचको सिरिजमा २–० को अग्रता लिएको छ ।
इन्डियन टिमले दोस्रो पालीमा मात्र १ सय ३० रनमा आउट भएको थियो ।
रविचन्द्रन आश्विन बाहेक अन्य कुनै ब्याट्सम्यान इङ्लिस बलरका अगाडी टिक्न सकेनन् । आश्विनले ३३ रन बनाएका थिए ।
त्यसपछि हार्दिक पाण्डेयाले २६ रन बनाएका थिए । इन्डियाका ४ ब्याट्सम्यान खातानै नखोली आउट भएका थिए ।
इङ्ल्याण्डका जेम्स एन्डरसन र स्टुआर्ड ब्रोर्डले समान ४–४ विकेट लिएका थिए । क्रिस वोक्सले दुई विकेट लिएका थिए ।
इन्डियन टिमले पहिलो पालीमा मात्र १ सय ७ रन बनाएको थियो । इङ्ल्याण्डले पहिलो पाली ७ विकेट गुमाएर ३ सय ९६ रनमा इनिङ्स डिक्लियर गरेको थियो ।