एजेन्सी । पाहुना टोली दक्षिण अफ्रीकाविरुद्धको पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेटमा श्रीलंकाले जित निकालेको छ । आइतबार भएको खेलमा श्रीलंकाले दक्षिण अफ्रीकालाई १७८ रनको फराकिलो अन्तरले हराएको हो ।
कोलम्बोमा भएको अन्तिम एकदिवसीयमा जित निकाले पनि श्रीलंकाले सिरिज जोगाउन सकेन् । अन्तिम खेलमा पराजय बेहोरेपनि दक्षिण अफ्रिकाले सिरिजमा ३ – २ ले कब्जा जमायो ।
अघिल्ला तीन खेल लगातार जितेसंगै पाँच खेलको सिरिज दक्षिण अफ्रिकाले जितेको हो । अन्तिम दुई खेल भने श्रीलंकाले आफ्नो बनायो ।
प्रेमादासा क्रिकेट स्टेडियममा श्रीलंकाले दिएको ३०० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीका २४ ओभर ४ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो । दक्षिण अफ्रीकाका कप्तान क्विनटन डी ककले ५४ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
दक्षिण अफ्रिकाको ब्याटिङ लाइन ध्वस्त बनाउन अकिला धनन्जय एक्लैले ६ विकेट लिए । यस्तै लाहिरु कुमाराले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै ५० ओभरमा ८ विकेट गुमाएर २९९ रनको योगफल तयार गरेको थियो । श्रीलंकाका लागि कप्तान एन्जेलो म्याथ्युजले अविजित ९७ रन जोडे ।
यस्तै निरोशन डिक्वालाले ४३, कुशल मेन्डिसले ३४ तथा धनन्जय डी सिल्भाले ३० रन बनाए । दक्षिण अफ्रिकाका विलिम मुल्डर र एडिले लक्कीले समान २/२ विकेट लिए ।