एजेन्सी । स्पेनिस प्रशिक्षक फर्नान्डो हिएरोले फाईनल अगाडी टोलीमा कुनै परिवर्तन नगरिने बताएका छन् । स्पेन फुटबल संघले मुख्य प्रशिक्षक विश्वकपको पुर्वसन्ध्यामा जुलेन लुपेटिगुईलाई पदबाट बर्खास्त गरेसंगै ५० बर्षिया फर्नान्डोले टोली सम्हाल्ने मौका पाएका छन् ।
उनले प्रशिक्षकको परिवर्तनसंगै टोली तयार हुने तरिकामा केही थोरै प्रभाव पर्न सक्ने बताएका छन् । लुपेटिगुईको नाटकिय बहिर्गमनसंगै उपथपुथल भएको टोली सम्हाल्न आईपुगेका हिएरोको पहिलो परिक्षा आज राति हुनेछ । जहाँ स्पेनले समुह बीको पहिलो खेलमा युरोपेली च्याम्पियन पोर्चुगलको सामना गर्नेछ ।
रुसको भ्रमणसंगै स्पेनिस महारथी क्लब रियल मड्रिड सम्हाल्ने लुपेटिगुईको निर्णयसंगै स्पेनिस फुटबल संघले उनलाई पदबाट बर्खास्त गरेको थियो । स्पेनको पुर्व कप्तान समेत रहेका हिएरोले फुटबल निर्देशकको जिम्मेवारीपछि सन् २०१० को विश्वकप विजेता टोली सम्हाल्न आईपुगेका छन् ।
‘यो राम्रो चुनौती हो र एक रोमाञ्चक स्थिती हो । अवस्था जस्तो भएपनि त्यसको जिम्मेवारी अब म स्विकार गर्नेछु । यहाँ अरु कुनै तरिका हुन सक्ने छैन ।’ उनले भनेका छन् ।
‘हामीसंग खेलाडीको समुह छ । जो विगत दुई बर्षदेखी विश्वकपकालागि संगै काम गरिरहेका छन् । म पनि खेल निर्देशकको रुपमा काम गरिरहेको थिए । त्यसैले म बुझ्न कि प्रेरणा सबै भन्दा ठुलो हो ।’ उनले थपे ।