एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४–० गोल अन्तरले हराएको छ ।
योसंगै लिभरपुलले प्रिमियर लिगको इतिहासमा ५ सयौ जित दर्ता गर्न सफल भएको छ । लिभरपुलको जितमा सेनेगलका स्ट्राईकर साडियो मानेले दुई गोल गरे । लिभरपुलले अग्रता खेलको १९ औ मिनेटमा मोहमद सालाहको गोलबाट लिएको थियो ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ बैकल्पिक खेलाडी ड्यानियल स्टुरिजले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए । यसै सिजन लिभरपुलमा भित्रिएका नयाँ खेलाडी नाबी केइटा र लाईपजिगले मिडफिल्डमा उत्कृष्ट प्रर्दशन गरे ।
लिभरपुलले कीर्तिमानी मुल्यमा भित्राएको गोलकिपर एलिसनले समेत उत्कृष्ट बचाउ गरे । उपाधि जित्ने लक्ष्य सहित मोटो रकम खर्चिएको लिभरपुलले महत्वपुर्ण जित ३ अंक जोडेको छ ।