एजेन्सी । भारतले न्युजिल्याण्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिजका लागि रोहित शर्माको स्थानमा मायांक अग्रवाललाई टिममा बोलाएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले चोटको कारण टिम बाहिर रहने उपकप्तान रोहितको स्थान मायांकले लिने जनाएको छ ।
खुट्टाको चोटको कारण ओपनर ब्याट्सम्यान रोहितले न्युजिल्याण्डविरुद्धको एकदिवसीय र टेष्ट सिरिज गुमाउने भएका छन् । रोहितले टी-ट्वान्टी सिरिज अन्तर्गत पाँचौं तथा अन्तिम खेलमा पिडुलाको चोट बोकेका थिए ।
अन्तिम टी-ट्वान्टीमा रोहित ६० रन बनाएर रिटायर्ड हर्ट भएका थिए । पाँच खेलको सिरिज भारतले ५-० ले क्लिन स्विप गरेको थियो ।
यस्तै भारतले टेष्ट सिरिजका लागि घोषणा गरेको टिममा सुब्मन गिल र नाभदिप शैनी अटाएका छन् ।
अब भारतले न्युजिल्याण्डसँग ३ खेलको एकदिवसीय सिरिज र २ खेलको टेष्ट सिरिज खेल्ने छ ।