एजेन्सी । ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डो गम्भीर बिरामी परेका छन् । निमोनिया भएपछि रोनाल्डोको स्पेनमा सघन कक्षमा उपचार भईरहेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
मिरर अनलाइनका अनुसार रोनाल्डोको स्पेनको इबिजास्थित क्यान मिसेस अस्पतालमा शुक्रबार उपचार भईरहेको छ । समचार अनुसार उनलाई एक निजि अस्पतालले उक्त अस्पतालमा रिफर गरेको थियो ।
अस्पतालले रोनाल्डोको गहन उपचार भईरहेको पुष्टी गरेको छ । यस्तै अस्पतालले उनको स्वास्थ्यमा सुधार आइरहेको उल्लेख गरेको छ ।
विश्व फुटबलको ग्रेटेष्ट प्लेयर ४१ बर्षीय रोनाल्डोको इबिजा आइसल्याण्ड मन पर्ने ठाउ हो । रियल मड्रिडका पुर्व स्टार रोनाल्डो केहि दिन अघि छुट्टी मनाउन इबिजा आइपुगेका थिए ।
बार्सिलोना र इन्टर मिलानका पुर्व खेलाडी रोनाल्डोले सन् २०११ बाट फुटबलबाट सन्यास लिएका थिए ।