एजेन्सी । म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाले क्लबका लागि उत्कृष्ट प्रर्दशन खुसी हुन आवश्यक रहेको बताएका छन् ।
२५ बर्षिया मिडफिल्डर पोग्बाले फ्रान्सेली टोलीबाट विश्वकप जितेका थिए । प्रिमियर लिगको नयाँ सिजनको उद्घाटन खेलमा लेस्टर सिटीविरुद्ध जित निकाल्दा उनले पहिलो गोल समेत गरेका थिए ।
गत सिजन च्याम्पियन बन्ने दौडबाट बाहिरिएका पोग्बाले यो समर ट्रान्सफरमा स्पेनिस क्लब बार्सिलोना जान इच्छा देखाएका थिए ।
पोग्बाले भनेका छन्, ‘यदी तिमी खुसी छैनौ भने तिमी हाम्रो उत्कृष्ट दिन सक्दैनौ ।’ उनले थपे, ‘यदी मैले सत्य भावना बोले भने मलाई जरिवाना समेत हुनसक्छ ।’
युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होसंगका सम्बन्ध राम्रो नबन्दा पोग्लाले पछिल्लो समय ओल्ड ट्राफोर्ड छाड्ने मनसाय देखाउदै आएका छन् ।
‘तर यहाँ धेरै चिज छन् जुन मैले बताउन सक्दिन । नत्र मैले जरिवाना पाउछु,’ पोग्बाले भने, ‘म अझै फुटबल खेल्नमा मजा लगिरहेको छु । तर म भन्न चाहन्छु, जब तिमी सहज र आत्मविश्वासी हुन्छौ । र, तिमी राम्रोसंग अघि बढ्न सक्छौ । सबै सहज तरिकाले अघि बढ्छ ।’
सन् २०१६ मा पोग्बा विश्व कीर्तिमानी मुल्यमा इटालिन क्लब युभेन्ट्सबाट प्रिमियर लिग क्लब युनाइटेड आएका थिए । तर, च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को सेभियाविरुद्धको खेलमा उनीले सुरुवाती लाईन अपमा अटाउन सकेका थिएनन् ।