एजेन्सी । बार्सिलोनाका डिफेन्डर जेरार्ड पीकेले स्पेनिस राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् ।
उनले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गर्दै क्लब फुटबलमा आफु केन्द्रित हुने बताएका छन् ।
सन्यासको घोषणा गर्दै पीकेले भने, ‘मैले प्रशिक्षक लुईस ईनरेकेलाई आफ्नो निर्णयको बिषयमा अवगत गराई सकेको छु । मैले स्पेनिस टिमसंग निकै राम्रो समय बिताए । स्पेनको सफलताको एक हिस्सा बन्न पाएकोमा म खुसी छु ।’