धनगढी । त्रिभुवन मावि वोराडाडीले पहिलो संस्करणको अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
संघीय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार भएको फाइनलमा शारदा मावि वैयावेहडीलाई ३२ रनले हराउँदै त्रिभुवन मावि च्याम्पियन बनेको हो ।
टस हारेर पहिले ब्याटिङ गर्दै त्रिभुवन माविले १७ ओभर २ बलमा अलआउट हुँदै ८५ रनबनाएको थियो । त्रिभुवनका लागि मन्जु चौधरीले २८ रन अन्जली अवस्थीले २० रन बनाईन् । शारदाका लागि सरस्वती डाहा मगरले ४ विकेट तथा ज्योती शर्मा र करुणा चौधरीले दुई दुई विकेट लिईन् ।
जवाफीमा ८६ रनको विजय लक्ष्य पछ्याएको शारदा १४ दशमलव ५ ओभरमा अलआउट हुँदै ५३ रनमा समेटियो । शारदाका लागि ज्योती शर्माले २४ रन बनाउनु वाहेक अन्य व्याट्सवुमनहरुले दोहोरो रन अंक छुन सकेनन् ।
त्रिभुवनका लागि मनिषा चौधरी र अनिता मडैले तीन तीन विकेट र रिचा मगरले दुई विकेट लिईन् ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडी शारदा माविकी ज्योती शर्मा भईन् । यस्तै उत्कृष्ट वलर शारदा माविकी सीमा चौधरी, उत्कृष्ट व्याट्सवुमन त्रिभसवन माकिी सीमा वोगटी, उदयमान खेलाडी एरिष्टो स्कुलकी हिसिला खड्का, उत्कउष्ट फिल्डर राष्ट्रिय तुल्सीराम माविकी सोनिया जप्रेल, उत्कृष्ट क्याच शारदा माविकी अनिसा शाह, उत्कृष्ट विकेट किपर शारदा माविकी सरस्वती गाहा मगर र भ्यालुवल प्लेयर धनगढी नमुना माविकी दुर्गा ढाट र व्रोड भिजन एकेडेमीकी प्रिति यादव भईन् ।
कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लबको व्यवस्थापनमा प्रतियोगितामा ८ टिमको सहभागीता रहेको थियो ।