एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सलाई पराजित गर्दै सिड्नी सिक्सर्स बिग बास लिग (बीबीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
मेलबर्नमा शुक्रबार भएको खेलमा घरेलु टोलीलाई ४३ रनले पराजित गर्दै सिड्नी फाइनलमा पुगेको हो ।
सिड्नीले दिएको १ सय ४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मेलबर्न १८ ओभरमा अलआउट हुँदै ९९ रनमा समेटियो ।
मेलबर्नका लागि क्लिन्टले सर्वाधिक २५ रन बनाए । निक म्याडीसन र कप्तान ग्लेन म्याक्स्वेलले समान १६/१६ रन बनाए ।
सिड्नीका सीन एब्बोटले ३ तथा जोस हाजलवुड र स्टिभले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
सिड्नीका जोस फिलिपले ३४ तथा जोर्डन सिल्कले २५ रन बनाए । स्टिभ स्मिथले २४ रन बनाए । मेलबर्नका एडम जाम्पाले ३ विकेट लिए । सन्दीप भने विश्व क्रिकेट लिग-२ का लागि नेपाल आईसकेका छन् ।
अब मेलबर्नले फाइनल प्रवेशका लागि एडिलेट स्ट्राइकर्स र होबर्ट हुरिकेन्सबीचको विजेतासँग खेल्ने छन् ।