एजेन्सी । घरेलु टिम न्युजिल्याण्डविरुद्ध चौंथो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले जित निकालेको छ ।
शुक्रबार भएको खेलमा भारतले न्युजिल्याण्डलाई सुपर ओभरमा हराएको हो ।
सुपर ओभरमा जित निकालेसँगै भारतले ५ खेलको सिरिजमा ४-० को अग्रता बनाएको छ । सिरिज भने भारतले यस अघि नै ३-० ले जितिसकेको छ ।
विलिङटनमा भारतले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभर ७ विकेट गुमाएर १ सय ६५ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा न्युजिल्याण्डले १३ रन बनाएको थियो । जवाफमा भारतले १६ रन जोड्दै खेल आफ्नो बनायो ।
सुपर ओभरअघि न्युजिल्याण्डका कोलिन मुन्रो र टिम सिफार्टले अर्धशतकीय इनिङ्स खेले । मुन्रोले ६४ रनको इनिङ्स खेल्दा सिफार्टले ५७ रन बनाए । रोस टेलरले २४ रन बनाए ।
भारतका शार्दुल ठाकुरले २ विकेट लिए । जस्प्रित बुम्राह र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।
यस अघि मनिष पाण्डेको अर्धशतकमा भारतले ८ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो ।
मनिषले ५० रन बनाएको इनिङ्समा लोकेश राहुलले ३९ रन बनाए । शार्दुल ठाकुरले २०, शिभव डुबी १२, नाबदेब सैना र विराट कोहलीले समान ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
न्युजिल्याण्डका इश सोधीले सर्वाधिक ३ विकेट लिए ।
न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले टी-ट्वान्टी पछि तीन एकदिवसीय र दुई टेष्ट खेल खेल्नेछ ।