एजेन्सी । इङ्ल्याण्डविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा समेत इन्डियाले खराब प्रर्दशन गरेको छ ।
लर्डसमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको इन्डियाले पहिलो इनिङ्समा अलआउट हुदै १ सय ७ रन बनाएको छ ।
जेम्स एन्डरसनले घातक बलिङ गर्दै २० रन खर्चेर ५ विकेट झारेपछि इन्डिया पहिलो पालीमा ३६ औ ओभरमा अलआउट हुन पुगेको हो ।
रविचन्द्रन आश्विनले बनाएको २९ रन टोलीको सर्वाधिक स्कोर रह्यो ।
ओपनर मुलरी विजयी शुन्य रनमा पवेलियन फर्किएको खेलमा अर्को ओपनर लोकेश राहुलले ८ रन मात्र जोड्न सके ।
चेतेश्वर पुजारा १, विराट कोहली २३, आजिक्या रहाणे १८, हार्दिक पाण्डेया ११ र दिनेश कात्र्तिक १ रनमा आउट भएका थिए ।
कुलदिप यादव र इशान्त शर्मा शुन्य रनमा बोल्ड आउट भए ।
बर्षाले पहिलो दिनको खेल प्रभावित भएको थियो । दोस्रो दिनको खेलमा धारिलो बलिङ गर्दै इङ्ल्याण्डले दोस्रो टेष्टमा समेत हाबी हुने संकेत गरेको छ ।
पहिलो टेष्ट इङ्ल्याण्डले ३१ रनले जितेको थियो ।
पाँच म्याचको सिरिजमा इङ्ल्याण्ड १–०ले अघि छ ।