काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा रित गौतम र अनिल खरेलले महँगो मुल्य पाएका छन् ।
चैतको पहिलो हप्ता सुरु हुने प्रतियोगितामा विराटनगर वारियर्सले अनिल खरेललाई १ लाख २७ हजार रुपैयाँ र पोखरा राईनोजले रित गौतमलाई १ लाख २० हजार रुपैयाँमा अनुबन्धन गरेका हुन् ।
यू–१९ राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी रित पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्धित भएका हुन् । यस्तै, अनिल भने पोखरा प्रिमियर लिगमा धनगडी ब्लुजबाट खेलेका थिए ।
ईपीएलको चौथो संस्करण चैत १ देखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुदैछ ।
चौथो संस्करणका लागि बोलकबोल मार्फत अनुबन्धन भएका खेलाडीको सूची :
भैरहवा ग्लाडिएटर्स : बिकास अग्री (५० हजार), हिमान्सु दत्त (५५ हजार)
विराटनगर वारियर्स : अनिल खरेल, बिक्रम भुसाल (१ लाख १७ हजार), सौरभ खनाल (१ लाख ७ हजार)
काठमाडौँ किङ्स इलाभेन : शेर मल्ल (८६ हजार), अमिरित भट्टराई (५१ हजार), दिपेन्द्र रावत (५१ हजार)
पोखरा राइनोज : रित गौतम, पृथु बास्कोटा (७५ हजार), बिबेक कुमार यादब (६० हजार), बिपिन रावल (५० हजार)
चितवन टाइगर्स : खडक बोहोरा (५० हजार)
रिलिज गरिएको खेलाडी :
भैरहवा ग्लाडियटर्स : प्रकास केसी, भुपेन्द्र थापा
विराटनगर वारियर्स : पुष्प थापा, बिनोद लामा, रोबिन क्षेत्री
चितवन टाइगर्स : पृथु बास्कोटा
काठमाडौँ किङ्स इलाभेन : सिद्दान्त लोहनी, बिक्रम भुसाल, पुरन बिक
पोखरा राइनोज : राजेस पुलामी मगर, सौरभ खनाल, सुबेन्द्र पाण्डे