काठमाडौं । भुटानमा जारी दोस्रो संस्करणको साफ यू -१५ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज (शनिबार) पहिलो खेल खेल्दैछ ।
साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाली किशोरीले पहिलो खेलमा पाकिस्तानसंग खेल्न लागेको हो ।
नेपालले थिम्पुस्थित चालिमिथाङ मैदानमा पाकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपराह्न हुनेछ ।
पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । तुलनात्मक रुपमा कमजोर मानिएको पाकिस्तानविरुद्ध नेपाललाई सहज भने छैन । तर, पहिलो खेलमा बंगलादेशसंग १४ - ० ले हारेको पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपाली टोली उच्च मनोबलमा हुनेछ ।
यस्तै नेपालले समूह चरणको दोस्रो खेलमा नेपालले अगष्ट १३ मा बङ्गलादेशसंग खेल्नेछ । समूहको दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।