एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज राति सुरु हुदैछ ।
युरोपेली क्लब फुटबलकै सबै भन्दा ठुलो प्रतियोगिताको नयाँ सिजन आज सुरु हुन लागेको हो ।
करिब ९ महिना चल्ने प्रतियोगितामा इङ्ल्याण्डका शीर्ष डिभिजनका २० क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
गत सिजनका उत्कृष्ट १७ क्लब र च्याम्पियन्स लिगबाट बढुवा भएका ३ क्लबले यस सिजनसमेत आफुलाई अब्बल सावित गर्ने प्रयास गर्नेछन् ।
सबै क्लबले होम एण्ड अवेका आधारमा डबल राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछ ।
नयाँ सिजनमा बढुवा भउका वुल्भ्स, कार्डिफ सिटी र फुलह्यामले प्रतिस्पर्धा गर्नेछन् ।
विश्व फुटबलका स्टार खेलाडी र सर्वाधिक रकमको टेलिभिजन अधिकारले प्रिमियर लिग अझै प्रशिद्ध र बलियो बन्दै गएको छ ।
गत सिजनको प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको थियो ।
यस सिजन समेत साविक विजेता म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाईटेड, चेल्सी, आर्सनल, टोटनह्याम र लिभरपुलनै उपाधिका दाबेदार टोली मानिएका छन् ।
नयाँ सिजनको उद्घाटन खेलमा म्यान्चेष्टर युनाईटेड र लेस्टर सिटीले प्रतिस्पर्धा गर्दैछन् ।