एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा अहिले सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
सिड्नीसँगको खेलमा सन्दीप प्लेईङ सेटमा परेका छन् । यस सिजन सन्दीपले १० खेलमा १२ विकेट हात पारिसकेका छन् ।
लिगको १२ औं खेलमा मेलबर्नले सिड्नीसँग उसैको मैदानमा खेलिरहेको हो । मेलबर्नले टस जितेर पहिले बलिङ गरिरहेको छ ।
सिड्नीविरुद्ध मैदान उत्रदा मेलबर्न ११ औं जितको खोजीमा हुनेछ ।
मेलबर्न ११ खेलमा १० जितसहित २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सिड्नीविरुद्ध जित निकाल्दै मेलबर्न उक्त जितको लय कायम राख्न चाहन्छ ।
सिड्नी ११ खेलमा ६ जितसहित १३ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।