एजेन्सी । पाहुना टोली अष्ट्रेलियाले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतलाई जितका लागि २ सय ८७ रनको लक्ष्य दिएको छ ।
बैंगलोरमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८६ रन बनायो ।
अष्ट्रेलियाको लागि स्टिभ स्मिथले १ सय ३१ रनको शतकीय इनिङ्स खेले । यस्तै मार्नुसले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा एलेक्स केरीले ३५ रन बनाए ।
भारतका मोहमद शामीले ४ विकेट लिए । रबिन्द्र जडेजाले २ विकेट लिए ।
दुई टोलीबीचको तीन खेलको सिरिज १-१ को बराबरी रहेको छ ।