काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले साउथ वेस्ट एसियन फुटबल फेडेरेसन (स्वाफ)मा अाबद्दता जनाउने भएको छ ।
नेपालले यसअघि महादेशिय स्तरमा एसियन फुटबल फेडेरेसन (एएफसी) र साउथ एसियन फुटबल फुटलब (साफ) मा अाबद्दता जनाउदै आएको थियो । अब नेपालले साउथ वेस्ट एसियन फुटबल फेडेरेसनमा समेत अाबद्दता जनाउने भएको हो ।
स्वाफको पहिलो बैठक अगस्ट १२ मा साउदी अरबकाे जेद्धाहमा हुनेछ । साउथ वेस्ट एसियन फुटबल फेडेरेसनले साउथ वेस्ट एसियामा फुटबल विकासको कार्यक्रम गर्ने एन्फा प्रबक्ता किरण राईले खेलपाटीलाई जानकारी दिए ।
'स्वाफ पनि फुटबलसंग सम्बन्धित नै हो, यसले फुटबल कार्यक्रम नै अगाडी बढाउने हो । नेपालबाट तीन प्रतिनिधि जानेछ,' प्रबक्ता राईले भने ।
साउथ वेस्ट एसियन फुटबल फेडेरेसनमा १४ देशले सहभागीता जनाउने छन् । जसमा नेपाल सहित भारत, पाकिस्तान, भुटान, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, बहराइन, साउदी अरब, कुबेत, इराक, यमन, युएई र ओमान रहेका छन् ।
जेद्धाहमा हुने बैठकले आफ्नो विधान पारित गर्नेछ । यसै विधान अनुसार स्वाफको नयाँ कार्यसमितिको निर्वाचन गर्ने प्रवक्ता राईको भनाई छ ।
विधान पारित भएपछि विश्व फुटबल महासंघ फिफाले स्वाफलाई मान्यता दिनेछ ।
स्वाफको साधारण सभामा एन्फाबाट तीन प्रतिनिधि रहनेछन् । बैठकमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहित महासचिब इन्द्रमान तुलाधर र उपाध्याक्ष विरबहादुर खड्काले सहभागिता जनाउनेछन् ।