पोखरा । मलेसियाको क्रिकेट टिमविरुद्धको मैत्रीपूर्ण खेलमा पोखरा–११ पराजित भएको छ । शनिबार भएको खेलमा मलेसियाले पोखरालाई ६ विकेटले पराजित गरेको हो ।
पोखरा क्रिकेट मैदानमा खराब मौसमका कारण खेल ३० ओभरमा झारिएको थियो ।
१ सय ३ रनको सामान्य लक्ष्य मलेसियाले २१ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । उसका भिरन्दिप सिंहले सर्वाधिक ४४ रन बनाए ।
यस्तै, साइद अजिजले २० रन बनाउँदा भुशन शेबले १७ रन बनाए । मोहम्मद फेतृले अविजित १०, आइनुल हकिमले ५ र अहमद फैजले २ रन बनाए ।
पाेखराका दिपेश खत्रीले ४ विकेट हात पारे ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १ सय २ रनमा अल आउट भएको थियो ।
पोखराका प्रविन ढकालले अविजित २५ रन बनाए । यस्तै अनिल गुरुङले २२ रन बनाउँदा रिजन प्रजुले १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अकं छुन सकेनन् ।
पोखरालाई सस्तैमा समेट्न मोहम्मद नजैलले सर्वाधिक ३ विकेट लिए ।
यस्तै मर्विन मुनियाण्डी, मोहम्मद अन्वार र पवन दिप सिंहले समान २–२ विकेट लिए । धिवेन्द्रन मोगनले एक विकेट हात पारे ।