काठमाडौं । सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ८५ रनको लक्ष्य दिएको छ ।
इनरुवा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८४ रन बनायो ।
आर्मीको लागि कप्तान बिनोद भण्डारीले ४० रन बनाए । यस्तै राजेश पुलामीले ३१ रन जोड्दा राजु रिजालले २२ रन बनाए ।
पुलिसका सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले ३/३ विकेट लिए ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउँदा उपविजेताले २ लाख ५ हजार पाउने छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनहि २१ हजार प्राप्त गर्नेछन्।