एजेन्सी । घरेलु टोली भारतले दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई जितका लागि ३ सय ४१ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
राजकोटमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४० रन बनायो ।
भारतका लागि शिखर धवनले ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा लोकेश राहुलले ८० रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान विराट कोहलीले ७८ रन बनाउँदा रोहित शर्माले ४२ रन बनाए ।
अष्ट्रेलियाका एडम जाम्पाले ३ तथा केन रिचर्डसनले २ विकेट लिए ।
भारतकोविरुद्धको तीन खेलको सिरिजमा अष्ट्रेलिया १-० ले अघि रहेको छ ।