एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टको पहिलो इनिङ्समा इंग्ल्यान्डले मध्यम सुरुवात गरेको छ ।
पोर्ट एलिजावेथमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो दिनको खेल सकिदा बिहिबार ४ विकेट गुमाएर २ सय २४ रन बनाएको छ ।
इंग्ल्यान्डका ओली पोपे ३९ रनमा अविजित रहदा बेन स्टोक्स ३८ रनमा अविजित रहेका छन् ।
इंग्ल्यान्डका जाक क्रली ४४ रनमा आउट हुँदा डोम सिब्ले ३६ रनमा आउट भए । कप्तान जोय रुटले २७ रन जोड्दा जोए डेन्लीले २५ रन बनाए ।
दक्षिण अफ्रिकाका कागीसो राबडाले २ विकेट लिए ।
विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गतको चार खेलको टेष्ट सिरिज १-१ को बराबरीमा रहेको छ ।
पहिलो टेष्ट दक्षिण अफ्रिकाले जितेको थियो भने दोस्रो टेष्ट इंग्ल्यान्डले जितेको थियो ।