काठमाडौं । मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मलेसिया-११ ले गण्डकी प्रदेशलाई जितका लागि २ सय ९९ रनको फराकिलो लक्ष्य दिएको छ ।
इनरुवामा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन बनायो ।
मलेसियाको उच्च स्कोरमा ३ खेलाडीले अर्धशतक बनाए ।
ऐनोल हकिमले सर्वाधिक ८९ रन बनाउँदा भुसन सेभ र भिरनदिप सिंहले समान ५०/५० रन बनाए ।
यस्तै कप्तान अहमेद फाइजले ३१, मोहमद अरिफले २० रनको योगदान गरे ।
गण्डकीका बिपिन खत्रीले ३ विकेट लिए । यस्तै चन्द्र पौडेलले २ र गोविन्द प्रधानले १ विकेट हात पारे ।
प्रतियोगिताको यो समूह चरणको अन्तिम खेलमा हो । समूह 'डी' मा रहेका दुवै टोलीले यो औपचारिक खेल मात्र हो । यस समूहबाट सुदुरपश्चिम प्रदेशले २ खेलमा २ जित निकाल्दै सेमिफाइनलमा स्थान बनाईसकेको छ ।