एजेन्सी । भारतले न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि १६ सदस्सीय टिमको घोषणा गरेको छ ।
भारतले विराट कोहलीको कप्तानीमा टिमको घोषणा गरेको हो । भारतले घोषणा गरेको टिममा रोहित शर्मा टिममा परेका छन् ।
रोहितलाई श्रीलंकाविरुद्धको तीन खेलको सिरिजमा टिम बाहिर राखिएको थियो । न्युजिल्याण्डविरुद्ध रोहित उपकप्तान हुने छन् ।
यस्तै भारतीय टिममा मोहमद शामीले पनि पुनरागमन गरेका छन् ।
भारतले न्युजिल्याण्डविरुद्ध जनवरी २४ बाट पाँच खेलको सिरिज खेल्नेछ ।