एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा सिड्नी स्किसर्सलाई जितका लागि २ सय २० रनको लक्ष्य दिएको छ ।
मेलबर्नमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा १ विकेट गुमाएर २ सय १९ रन बनायो ।
मेलबर्नको लागि मार्कुस स्टोनिसले अविजित रहदै १ सय ४७ रनको शतकीय इनिङ्स खेले । यस्तै हिल्टन क्याटराइटले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।
सिड्नीका टम करनले एक विकेट लिए ।
सिड्नीविरुद्धको खेलमा सन्दीप प्लेईङ सेटमा परेका छन् । यस सिजन सन्दीपले ७ खेलमा ८ विकेट हात पारिसकेका छन् ।
आज मेलबर्न आठौं जितको खोजीमा रहेको छ । मेलबर्न ८ खेलमा ७ जितसहित १४ अंक जोडेको शीर्ष स्थानमा रहेको छ । सिड्नीविरुद्ध जित निकाल्दै मेलबर्न उक्त जितको लय कायम राख्न चाहन्छ ।
सिड्नी ८ खेलमा ६ जितसहित १२ अंक जोडेर मेलबर्नलाई पछ्याईरहेको छ । सिड्नी घरेलु टोलीलाई हराएर शीर्ष स्थानको अंक बराबर गर्ने योजनामा हुनेछ ।