एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा अहिले सिड्नी स्किसर्ससँग खेल्दैछ ।
घरेलु मैदानमा मेलबर्नले बलियो टिम सिड्नीविरुद्ध खेल्न लागेको हो । सिड्नीविरुद्धको खेलमा मेलबर्नले सुरुवातमा ब्याटिङ गर्नेछ । सिड्नीले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
सिड्नीविरुद्धको खेलमा सन्दीप प्लेईङ सेटमा परेका छन् । यस सिजन सन्दीपले ७ खेलमा ८ विकेट हात पारिसकेका छन् ।
लिगको दोस्रो स्थानको सिड्नीसँग मैदान उत्रदा मेलबर्न आठौं जितको खोजीमा हुनेछ ।
मेलबर्न ८ खेलमा ७ जितसहित १४ अंक जोडेको शीर्ष स्थानमा रहेको छ । सिड्नीविरुद्ध जित निकाल्दै मेलबर्न उक्त जितको लय कायम राख्न चाहन्छ ।
सिड्नी ८ खेलमा ६ जितसहित १२ अंक जोडेर मेलबर्नलाई पछ्याईरहेको छ । सिड्नी घरेलु टोलीलाई हराएर शीर्ष स्थानको अंक बराबर गर्ने योजनामा हुनेछ ।