काठमाडौं । सुदूरपश्चिम प्रदेश सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्मारवेश गरेको छ ।
इनरुवामा रंगशालामा आइतबार गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।
गण्डकीले दिएको ६५ रनको लक्ष्य सुदूरपश्चिमले १० ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
सुदूरपश्चिमको लागि गजेन्द्र बोहराले ३४ रन बनाए । खड्क बोहरा १६ रनमा अविजित रहदा अरुण ऐरीले अविजित १० रन बनाए ।
गण्डकीका दिपेश खत्रीले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३ ओभर ३ बलमा अलआउट हुँदै ६४ रनमा समेटियो ।
गण्डकीका लागि किशोर महतोले सर्वाधिक १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
सुदूरपश्चिमका विनोद लामाले एक्लैले ७ विकेट लिए । उनले ९ ओभर ३ बलमा मात्र १४ रन खर्चिए । शेर मल्लले दुई विकेट लिए ।
जितसँगै समूह 'डी' को सुदूरपश्चिमले २ खेलमा २ जितसहित ४ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।
यस समूहबाट गण्डकी र मलेसिया-११ भने बाहिरिएको छ । पहिलो खेलमा सुदूरपश्चिमले मलेसिया-११ लाई ८ विकेटले हराएको थियो ।
अब यस समूहको अन्तिम खेलमा सोमबार गण्डकी र मलेसियाबीच खेल हुनेछ ।
सुदूरपश्चिम सेमिफाइनलमा पुगेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ ।
अब सेमिफाइनलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबसँग खेल्नेछ । यस्तै अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र प्रदेश-३ बीच खेल हुनेछ ।