काठमाडौं । गण्डकी प्रदेशले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई जितका लागि ६५ रनको ल्क्ष्य दिएको छ ।
इनरुवामा रंगशालामा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३ ओभर ३ बलमा अलआउट हुँदै ६४ रनमा समेटियो ।
गण्डकीका लागि किशोर महतोले सर्वाधिक १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
सुदूरपश्चिमका विनोद लामाले एक्लैले ७ विकेट लिए । शेर मल्लले दुई विकेट लिए ।