काठमाडौं । दोस्रो संस्करणको साफ यू -१५ महिला फुटबल च्याम्पियनसिप भोलि (बिहिबार) बाट भुटानमा सुरु हुँदैछ ।
थिम्पुस्थित चालिमिथाङ मैदानमाहुने उद्घाटन खेलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् । यस्तै दोस्रो खेल बंगलादेश र पाकिस्तानबीच हुनेछ ।
बिहिबारबाट प्रतियोगिता सुरु हुने भएपनि नेपालको पहिलो खेल शनिबार रहेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसंग खेल्नेछ ।
पहिलो संस्करणमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली टोली यो पटक उपाधि जित्ने लक्ष्य बोकेर भुटान पुगिसकेको छ ।
विगतमा भन्दा यसपटक तयारी राम्रो भएकाले उपाधि जित्ने लक्ष्य रहेको प्रशिक्षक गंगा गुरुङ बताउछिन् ।
पाकिस्तान र बंगलादेश दुवै टोली बलियो भएको बताउदै प्रशिक्षक गुरुङले भनिन्, 'खेल हो हार जित हुन्छ तर नेपाली चेलीले उत्कृष्ट प्रर्दशन गर्नेछन् ।
यस्तै नेपाली टोलीकी कप्तान प्रिति राईले प्रतियोगिता तयारीको लागि अन्तराष्ट्रिय तालिम नलिएता पनि शतप्रतिशत खेल्ने बबताईन् ।
नेपालले समूह चरणको दोस्रो खेलमा नेपालले अगष्ट १३ मा बङ्गलादेशसंग खेल्नेछ । समूहको दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।