काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)मा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीको टिम परिवर्तन भएको छ ।
नयाँ सिजनको खेलाडी सरुवा बजारमा दिपेन्द्रलाई काठमाडौं किंग्स ईलेभेन र सोमपाललाई चितवन टाईगर्सले अनुबन्धन गरेको छ ।
काठमाडौंले दिपेन्द्रलाई चितवनबाट नयाँ सिजनका लागि ल्याएको हो भने चितवनले काठमाडौंबाट सोमपाललाई टिममा भित्राएको हो ।
दुवै टिमले खेलाडी अनुबन्धनको रकम भने गोप्य राखेका छन् ।
आयोजक एभरेष्ट प्रिमियर लिगले खेलाडी किनबेचका लागि जनवरी २ देखि जनवरी ९ सम्मको समय निर्धारण गरेको थियो ।
यस्तै, टिममा उपलब्ध नहुने र सन्यास लिएका खेलाडीको स्थानमा नयाँ खेलाडी राख्न ईपीएलले सबै टिमलाई समय उपलब्ध गराएको थियो ।
सो समयमा काठमाडौं किंग्सले नरेश बुढाऐरको स्थानमा सुवास खकुरेल र शुशिल कँडेलको स्थानमा आकाश चन्दलाई टिममा अनुबन्धन गरेको छ ।
यस्तै पोखराले शक्ति गौचनको स्थानमा लोकेश बमलाई अनुबन्धन गरेको छ ।