काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-२ लाई जितका लागि १ सय ८४ रनको लक्ष्य दिएको छ ।
सुनसरीको इनरुवामा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४८ ओभर १ बलमा अलआउट हुँदै १ सय ८३ रन बनायो ।
पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अमित श्रेष्ठले ३७ तथा अनिल साहले १९ रन बनाए । राशिद खान १६ रनमा आउट भए ।
प्रदेश-२ का कुमार थापाले ५ विकेट लिए । राहुल प्रताप सिंह र विवेक थापाले २/२ विकेट लिए ।
आज दुवै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेका छन् । विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।