एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले जित हासिल गरेको छ । बुधबार बिहान भएको खेलमा रियलले इटालियन क्लब रोमालाई २ – १ गोल अन्तरले हराएको हो ।
अमेरिकामा भएको खेलमा रियललाई जित दिलाउन मार्को एसेन्सियो र ग्यारेथ बेलले समान एक एक गोल गरे । रोमाका केभिन स्ट्रुटम्यानले एक गोल फर्काए ।
न्युजर्सीमा पहिलो हाफको दोस्रो मिनेटमै एसेन्सियोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १५ औं मिनेटमा बेलले गोल गरेपछि रियलले पहिलो हाफमा २ – ० को अग्रता बनायो ।
दोस्रो हाफमा रोमाले एक गोल फर्काएपनि हार टार्न सकेनन् । खेलको ८३ औं मिनेटमा स्ट्रुटम्यानले एक गोल फर्काएपनि खेल रियलले २ – १ ले आफ्नो बनायो ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघि रियल र रोमा अमेरिकामा प्रि-सिजनको तयारी गरिरहेका छन् ।